सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको समयमा योगदान दिएका चार महिलालाई ‘डिभी महिला शक्ति सम्मान’  

कोरोनाको समयमा योगदान दिएका चार महिलालाई ‘डिभी महिला शक्ति सम्मान’  

डिभी एजुकेशन नेटवर्कले ‘डिभी महिला शक्ति सम्मान’ कोभिड–१९ को समयमा योगदान पुर्‍याएका चार महिलालाई प्रदान गर्ने भएको छ। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं – डिभी एजुकेशन नेटवर्कले ‘डिभी महिला शक्ति सम्मान’ कोभिड–१९ को समयमा योगदान पुर्‍याएका चार महिलालाई प्रदान गर्ने भएको छ। 

गत वर्षबाट सुरु गरिएको सम्मान यो वर्ष शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी नर्सिङ सुपरभाइजर बेली पौड्याल, सिनियर कन्सल्ट्याण्ट डा. रक्षा पाण्डेय, कान्तिपुर दैनिककी पत्रकार सञ्जु पौडेल र हाम्रो टिम नेपालकी कार्यकारी सदस्य कविता पौडेललाई प्रदान गरिने भएको हो। 

नेटवर्कले समाजिक उत्तरदायित्व निर्वाह गदै महिला सशक्तिकरणमा योगदान पुर्‍याउने उद्देश्यले सम्मानको कार्यक्रम तय गरेको डिभी एजुकेशनका अध्यक्ष विश्वनाथप्रसाद शाहले जानकारी दिएका छन्। 

गत वर्ष संस्थाले सामाजिक रुपमा योगदान पुर्‍याएका पाँच जना महिलालाई सम्मान गर्ने निर्णय गरेको थियो। 

कोभिड–१९ को महामारीका कारण आयोजना हुन नसकेको गत वर्षको कार्यक्रम पनि यही वर्ष एकैसाथ हुने भएको छ।
 

प्रकाशित: Mar 09, 2021| 07:49 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।