दक्षिण अफ्रिकाका पूर्व स्पिनरले एउटा ऐतिहासिक प्रदर्शनबारे कुरा गरेका छन्, जुन कुरा उनले पनि गर्न चाहन्थे।
सक्लेन मुस्ताकः पाँच विकेट, ९४ रन र पाँच विकेट ९३ रन। (चेन्नई १९९९)
म चाहन्थें– ब्रिटिस–पाकिस्तानी बलर सक्लेन मुस्ताकले भारतविरुद्धको टेस्टमा लिएको त्यो दश विकेट मेरो नाममा भइदियोस्। मेरो बायोडेटामा लेखियोस् त्यो कुरा। उनको बलिङ कौशल देखेर म छक्क परिरहेको थिएँ। उनले कसरी विकेट लिन्छन् र त्यसअघि दायाँ हातले बललाई कसरी घुमाउँछन्। यी सबै आश्चर्यभित्र पर्ने कुराहरु थिए।
त्यतिबेला ‘दुसरा’ बलिङ शैली विश्वमा त्यति परिचित भइसकेको थिएन। यी सबैथोक ‘रिस्टस्पिनर्स’ र गुग्लीका कुरा मात्र थिए। तर त्यसैबीच उनले एउटा वैध आविष्कार गरे र त्यसैअनुसार बल डेलिभरी गर्थे।
साँचो अर्थमा उनी प्रणेता हुन्। नयाँ प्रतिभालाई जन्म दिने जन्मदाता। जसलाई म धेरै आदर गर्छु। मलाई त्यो पलमा लागेको थियो, सक्लेन साँच्चिकै प्रतिभाशाली हुन्। मैले त्यो टेस्टको केही भिडियो फुटेजहरु हेरेँ अनि सोचेँ, ‘उनले त्यो कस्तो बल प्रयोग गरेका होलान् ?’
भारत, जहाँ परम्परागत रुपमै ‘स्पिन’ बलको अभ्यास छ, त्यस्तो देशसँग फरक खाले प्रस्तुतिले दिमागलाई नयाँ सोच्न बाध्य बनाउँछ।
बलरमात्र होइन्, ब्याट्सम्यान नै पनि स्पिन बलरको कलाबाट अनविज्ञ थिएनन्। उनीहरुसँग तेन्दुलकर, द्रविड, अजहरुद्दिन, गांगुलीजस्ता ब्याटिङ ट्यालेन्ट थिए। जो इन्डियन क्रिकेटका सान हुन्।
मैले बुझेअनुसार प्लेयर अफ दि म्याच तन्दुलकरमाथि प्रहार गरिएको बल ‘दुसरा’ थियो। जतिबेला इन्डियालाई १७ रन चाहिएको थियो र त्यसका लागि खेलमा तैरिरहेको थियो।
त्यसबेला लागिरहेको थियो कि अब खेल सकिँदै छ। सकिनै लागेको छ। १३०–अडमा उनले पहिले बल फाल्छन्, बल हातबाट उचित लम्बाइमा प्रहार हुन्छ। बलले अतिरिक्त टर्न गरेर बाउन्स हुँदै मिड अफमा स्लाइस हुनु त एउटा जादूभन्दा कम देखिँदैन। त्यो बल पनि मुस्ताकले प्रहार गरेको दुसरा नै त थियो।
मैले त्यो कुरा कैयौं इन्डिया भ्रमणमा प्रयोग गर्न खोजेँ तर कहिल्यै सफल भइन। सफल त के छेउसम्म पनि पुगिन।
मैले सक्लेनसँग एकपटक इंग्ल्यान्डमा छोटो कुरा गर्न पाएको थिएँ। उनको शैली हेर्न पाएको थिएँ। र, मैले त्यो उपमहाद्विपमा बलिङ गरेको अनुभवबाट मेरो आँखा खुलेको छ कि मैले अफ्रिकाका युुवाहरुलाई अब कसरी सिकाउनु पर्छ।
मुख्यतः विषम परिस्थितिमा कसरी चुनौतिको सामना गर्न सकिन्छ भन्ने कुरा मैले उनीबाट सिकेको हुँ।
मैले त्यो खेल लाइभ त हेर्न पाइनँ। किनभने हामीसँग इएसपीएन थिएन। सन् १९९९ को विश्वकपपछि न हो विश्वभरिका मान्छेले क्रिकेट लाइभ हेर्न थालेका। त्यो एक हाइलाइट शो थियो, जसले मेरो आँखा ‘क्याच’ गर्यो।
मैले सक्लेनलाई केही पटक मात्र भेट्न पाएको छु। जब म काउन्टी सर्किटमा खेल्दै थिएँ, त्यतिबेला उनले मलाई केही रहस्य सुटुक्क भने। त्यसपछि पनि मैले एक वा दुईपटक ‘दुसरा’ बल फाल्न कोसिस गरेँ।
तर महशुस गरेँ कि त्यसका लागि धेरै ‘कन्फिडेन्स’ चाहिन्छ। अक्सर प्रतिस्पर्धात्मक खेलमा। त्यो एउटा कला हो। यसले उनको सीप र मानसिक क्षमताको बयानसमेत गर्छ। जसमा म खरो उत्रिन सकिन।
जब उनले पहिलोपटक दुसरा प्रयोग गरे, अहिलेको जस्तो भिडियो एनालिसिस थिएन। त्यसकारण आफैंले त्यो समयमा के गरिरहेका छन् र त्यसको अनुभव अर्को खेलमा कसरी प्रस्तुत गर्छन् भनेर हेर्नुपर्ने हुन्थ्यो।
तपाईं त्यसलाई दिनभरी लगाएर विश्लेषण गर्न त सक्नुहुन्छ। तर जबसम्म उनलाई भेटिँदैन, उनले बल फाल्ने फिल्डबारे बुझ्न सकिँदैन। उनले ल्यान्डिङ गर्न चाहेको ठाउँबारे थाहा हुँदैन, लाइन अफ अट्याक पत्ता लाग्दैन, तबसम्म त्यो सम्भव नै छैन। कम्तिमा पनि त्यो कुरा उनीभन्दा पहिलो कसैले अभ्यास गरेको थिएन।
मेरो लागि ‘दुसरा र सक्लेन’ जहिल्यै पनि उस्तै–उस्तै अर्थ दिने शब्दहरु हुन्। म अर्को जीवनमा पनि यदि क्रिकेटर भएर जन्मिएँ भने म सक्लेन मुस्ताक भएर जन्मिन चाहन्छु।
–पिटरसन (ईएसपीएन क्रिकइन्फोसँग कुराकानी गर्दै)
(पिटरसन दक्षिण अफ्रिकाका पूर्व लेफ्ट आर्म स्पिनर हुन्। उनले १४ टेस्ट र ७० एकदिवसीय खेलेका थिए। ‘दुसरा’ पाकिस्तानी बलर मुस्ताकले प्रतिपादन गरेको बलिङ शैली हो।)