आइतबार, असार २८, २०८३

‘देशको माटो’ कविता संग्रह सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । कवि हेमनाथ घिमिरेको ‘देशको माटो’ कविता संग्रह सार्वजनिक भएको छ । सिसार साहित्य समाजले आयोजना गरेको कार्यक्रममा ४५ वटा कविता समेटिएको संग्रह लोकार्पण गरियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसचिव कृष्ण ज्ञवालीले कवितामा प्रयोग हुने एउटै शब्दले महत्वपूर्ण भाव बुझाउने भएकाले कविताको महत्व साहित्यका अरू विधा बढि रहेको बताए । 

पछिल्लो समय छन्दका कविता लेखन कम हुन थालेकाले यसको संरक्षण हुनुपर्नेमा ज्ञवालीको जोड थियो । कार्यक्रममा नेपाली भाषा बचाऊ अभियानका चुडामणि गौतमले भाषा पढाउने प्राध्यापकले आयोजना गरेका कार्यक्रमकै ब्यानर र दस्तावेजमा त्रुटि हुनुलाई स्वभाविक मान्न नसकिने बताए । 

अभियानले चलाएको आन्दोलनकै कारण नेपाली वर्ण विन्यासको गल्ती हटी नेपाली बृहत् शब्दकोशको नवौँ संस्करण प्रकाशन भएको उनले सुनाए । कवि घिमिरेको यसअघि ‘छातीभित्र देश दुख्दा’ पद्य कविता संग्रह प्रकाशन भएको छ ।

कार्यक्रममा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका कृति ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ र ‘शिव एक रूप अनेक’ को चर्चासमेत सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै समालोचक रामप्रसाद ज्ञवालीले पूर्वीय दर्शनको विश्लेषण खोजपरक ढंगले गर्न अनुरोध गरे । 

सो अवसरमा पूर्वराजदूत हरिकुमार श्रेष्ठ, गीतकार सुदर्शनविक्रम राणा, पद्मकन्या बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख केशव सापकोटा, साहित्यकार भुवनहरि सिग्देललगायतले नेपाली साहित्यका धेरै कृतिमा पूर्वीय दर्शनको प्रभाव रहेको बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।