शुक्रबार, असार ५, २०८३

राष्ट्रिय सभागृहमा विप्लवको प्रतीक्षा (तस्बिरहरू) 

राष्ट्रिय सभागृहमा आज २ बजे नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुँदैछन्। 
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– राष्ट्रिय सभागृहमा आज २ बजे नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुँदैछन्। 

National life

कार्यक्रममा सहभागी बन्नको लागि सभागृहमा विप्लव नेतृत्वको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका कार्यकर्ताको भीड लागेको छ। 

सभागृह वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको छ। 

केहीबेरमा विप्लवसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले विस्तृत सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ। 

Shivam cement

बिहीबार बेलुका बसेको मन्त्रिपरिषदले विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो। 

विप्लव पूर्वी नवलपरासीबाट प्रहरी स्कर्टिङमा भर्खरै काठमाडौं आइपुगेका छन्। 

प्रकाशित: Mar 05, 2021| 07:18 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।