बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • हतियारको राजनीति नटिकेपछि विप्लव शान्ति प्रक्रियामा आए : प्रा. लोकराज बराल (भिडियो)

हतियारको राजनीति नटिकेपछि विप्लव शान्ति प्रक्रियामा आए : प्रा. लोकराज बराल (भिडियो)

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले हतियारको राजनीति थाम्न नसकेर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएको बताएका छन्। 
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले हतियारको राजनीति थाम्न नसकेर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएको बताएका छन्। 

उनले भने, ‘हतियारको राजनीति धेरै दिन टिक्न नसक्ने रहेछ, त्यसकारण उनीहरूले उपयुक्त बाटो खोज्दा रहेछन्।’

उनले २००७ साल, २७ साल, २८ साल र माओवादी सशस्त्र द्वन्द्व पनि धेरै दिन नटिकेको बताए। 

उनले हतियार बिसाएर शान्ति प्रक्रियामा आउनु सकारात्मक विषय रहेको बताए।

उनले भने, ‘विप्लवले हतियार फ्याँक्नुभयो, थुनामा रहेका आफ्ना मान्छे रिहा गराउनुभयो। शान्तिपूर्ण राजनीतिमा आउँछु भन्नुभयो। विप्लवलाई पनि कुनै राजनीतिक फाइदा भएको देखिएन।’ 

१० वर्षसम्म सशस्त्र हिंसा गरेर संसदीय राजनीतिलाई सरापेर आएकाहरु अहिले त्यसमै बसिरहेको उनको भनाइ छ। 

उनले भने, ‘लोकतन्त्र बलियो रहेछ। लोकतन्त्रलाई परिमार्जन गर्नुपर्छ। नेताहरू स्वार्थी भएर मात्र कुर्सीको खेलमा लागेका हुन्।’ 

शान्ति प्रक्रियामा ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले जस लिने आधार पनि नरहेको प्राध्यापक बरालको भनाइ छ। 

प्रकाशित: Mar 04, 2021| 11:32 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।