मंगलबार, भदौ १७, २०८२

मेला लगाउन किसानको बालीमा डोजर चलाइयो

रौतहटको मौलापुर नगरपालिकाले शिवरात्री पर्वको अवसरमा मौलापुर महोत्सवको आयोजना गर्न लागेको छ।
 |  मंगलबार, फागुन १८, २०७७
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, फागुन १८, २०७७

vianetvianet

जनकपुरधाम– रौतहटको मौलापुर नगरपालिकाले शिवरात्री पर्वको अवसरमा मौलापुर महोत्सवको आयोजना गर्न लागेको छ।

Kumaribank

मौलापुर नगरपालिका वडा नम्बर वड़ा ५ मा गर्न लागिएको महोत्सवका लागि किसानको गहुँबाली नष्ट गरिएको पाइएको छ। 

महोत्सवका लागि गहुँबाली नष्ट गरिएपछि किसान आक्रोशित देखिएका छन्। फागुन २७ गते गर्न लागिएको सो महोत्सवका लागि ३ बिघामा लगाइएको गहुँबाली नष्ट गरिएको हो। सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा मेला लगाउनकै लागि किसानले लगाएको गहुँबालीमा डोजर चलाइएको स्थानीय किसानहरुको गुनासो छ।

मेला आयोजना गर्ने पहिला नै तय भए पनि निर्धारित स्थानमा मेलाको आयोजना नगरी बाली लगाइएको स्थानमा समितिले मेला लगाउन आँटेको मौलापुर नगरपालिका वडा नम्बर ५ का किसान कृष्ण साहले बताए।

उनले भने, ‘यसअघि तय भएको स्थानमा समेत हाम्रो खेत थियो। त्यहाँको करिब सात कट्ठा जग्गा पर्ति नै राख्यौं र यहाँको चार कट्ठा खेतमा बाली लगाएका थियौं।’ पीडि़त किसान कृष्णका अनुसार बालीमा बाला लागिसकेको थियो। कृष्णले भने,  ‘अबको करिब १० देखि १५ दिनमा काट्ने थियौं हामीले। तर अन्तिम समयमा आएर समितिले हाम्रो मेहनतमा बज्रपात गरिदियो।’ 

Metro Mart

बालीमा आफ्नो मेहनतबाहेक १० देखि १५ हजार खर्च भए पनि आयोजकले क्षतिपूर्ति भनेर ५ हजार रुपैयाँ थमाइदिएको गुनासो उनले गरे। 

‘हामीले सुरूमा बाला लागिसकेको बाली नकाट्नु, बरु पहिले जुन स्थानमा मेला आयोजन हुनेवाला थियो त्यहीँ लगाउनु भनेका थियौं। उहाँहरुले मान्नुभएन। बरु खेत उपलब्ध नगराए मुआब्जा समेत नदिई बाली नष्ट गरी मेला लगाउने धम्की दिनुभयो,’ कृष्णले भने।

पीडित किसान

उनका अनुसार आयोजकले एक कट्ठाको २५ सय रुपैयाँ उपलब्ध गराउने भनेको छ। ‘मन्त्रीजीले घरमा आएर भन्नुभएको थियो– महाशिवरात्रिमा मेला लाग्छ, खेतमा बाली नलगाउनु होला,’ पीडि़त महिला किसानले भनिन् ‘त्यसैले हामीले सो स्थानमा बाली लगाएनौँ तर जहाँ बाली लगाएनौँ त्यहाँ मेला लगाइएन र बाली लगाएको ठाउँमा आएर मेला लगाएर हाम्रो मेहनत र पैसा दुबै डुबेको छ।’

यता मौलापुर नगरपालिकाकी नगरप्रमुख रीना देवी साहले किसानको गहुँ बाली नष्ट भएकोमा नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराएको प्रतिक्रिया दिएकी छिन्। उनले भनिन्, ‘हामीले अघिल्लो वर्ष पनि त्यहीँ स्थानमा मेलाको आयोजन गरेका थियौं र यस वर्ष पनि त्यहीँ गर्न लागेका हौं। किसानको बालीनाली केकति क्षति भएको छ, बुझेर नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउनेछ।’ 

उनले मन्दिर टाढा भएकाले आयोजना गर्न निश्चित गरिएको स्थानमा नगरिएको प्रतिक्रिया दिइन्। नगर प्रमुख साह सहरी विकास मन्त्री प्रभु साहकी श्रीमतीसमेत हुन्।

प्रकाशित: Mar 02, 2021| 11:35 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।