सोमबार, जेठ १८, २०८३

बीपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन

सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। सरकारले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन हो।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

विराटनगर- सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। सरकारले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन हो।

National life

वार्ता गर्न आफूहरूलाई औपचारिक रूपमा जानकारी आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटी उपाध्यक्ष डा. पदम नेपालीले बताए। वार्ता टोली सदस्यमा मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेत र प्रशासन अधिकृत देवराज भण्डारी रहेका छन्। 

प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले शनिबार सरकारलाई वार्ता समिति बनाउन र मागका विषयमा ठोस कदम चाल्न ७२ घण्टाको अल्टमेटम दिएको थियो। जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा. नेपालीले भने, ‘७२ घण्टाको अवधिमा पनि सरकारले आवश्यक कदम नचाले उपचारलगायतका सेवा तथा काम बहिष्कारको चेतावनी दिएका थिएका थियौं।’ प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले प्रतिष्ठान सुधारका लागि विभिन्न १२ बुँदे माग राख्दै असार १ गतेदेखि आन्दोलन गर्दै आइरहेका छन्। 

सरकारले समिति गठन गरेर बीपीको समस्या समाधानमा आफ्नो ध्यान केन्द्रित गर्नुलाई सकारात्मक रूपमा लिनुपर्ने डा. नेपालीले बताए। प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल संयोजकत्वको अध्ययन कार्यदलले प्रतिवेदन तयार गरेको छ। 

८ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवेदन तयार गरेको डा. नेपालीले बताए। प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन बाँकी रहेको छ। प्रधानमन्त्रीमा देउवा नियुक्त भए लगत्तै असार ३० नागरिक दवाव समितिले ४८ घण्टा भित्र बीपीको समस्या समाधानका लागि अल्टिमेटम दिएको थियो। 

Shivam cement

प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरिय समिति गठन गरेका थिए। अध्ययन टोलीले प्रतिष्ठानका हरेक इकाईमा बेथिति र मनोमानीले अनियमितता मौलाएको ठहर गरेको श्रोतको भनाई छ।

प्रकाशित: Aug 03, 2021| 07:05 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।