शुक्रबार, असार ५, २०८३

टुँडीखेलवरपर नागरिक आन्दोलनको मार्चपास (तस्बिरहरु)

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आज शुक्रबार काठमाडौंको टुँडीखेलवरपर मार्च पास गरेको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आज शुक्रबार काठमाडौंको टुँडीखेलवरपर मार्च पास गरेको छ।

National life

जनाताको हो टुँडीखेल,  नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ लगायतका नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारीहरु मार्च पासमा सहभागी भएका थिए। 

टुँडीखेलको गेटमा ताला लगाइएको र भित्र सेना परिचालन गरिएको हुँदा रत्नपार्कबाट सुरु भएको मार्च पास महांकाल मन्दिरअगाडि सभामा परिणत भएको थियो।

नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा सुरु गरेको आन्दोलनमा विभिन्न समूहले ऐक्यबद्धता जनाउँदै आएका छन्।

आन्दोलनअन्तर्गत सिंहदरबार महिला मार्च, टीयू मार्चलगायत कार्यक्रम आयोजना भएका छन्। 

Shivam cement

प्रकाशित: Feb 19, 2021| 10:25 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।