बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • तलवसुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणादेखि एन्फाको विवादसम्म [२०७८-४-१८]

तलवसुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणादेखि एन्फाको विवादसम्म [२०७८-४-१८]

यसअघि एमालेले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गरेको भन्दै पार्टीबाट कारबाही गरी पदमुक्त गरेकोमा गत जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको थियो।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

सोमबारका मुख्यमुख्य खबरका प्रसंगहरू

कर्णालीका ४ सांसद पदमुक्तको निर्णय सदर 
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ३ मन्त्रीसहित एमालेका ४ सांसद पदमुक्त गर्ने एमालेको निर्णयलाई सर्वोच्च अदालत गर्ने निर्णय सदर गरिदिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन्। प्रकाश ज्वालाबाहेक तीन जना कर्णाली प्रदेश सरकारमा मन्त्री छन्।

यसअघि एमालेले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गरेको भन्दै पार्टीबाट कारबाही गरी पदमुक्त गरेकोमा गत जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको थियो।

सर्वोच्चको फैसलाविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दर्ता गराएको भ्याकेट निवेदनमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमबार उनीहरु पदमुक्त हुने फैसला गरेको हो।

फैसलामा उनीहरुले पार्टीको निर्णयविपरीत फ्लोर क्रस गरेको हुँदा पार्टीको संसदीय दलको निर्णय बमोजिम नै हुने भनिएको छ।

स्वास्थ्य राज्यमन्त्रीद्वारा तलव सुविधा नलिने घोषणा

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन्। राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयमा 'सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना' सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले सुरक्षाकर्मीबाहेकका कुनै पनि राज्यका सेवासुविधा नलिने घोषणा गरेका हुन्। 

पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख गर्दै व्यापार–व्यवसायमा आफू संलग्न नहुने पनि उनको दाबी छ। राज्यमन्त्री श्रेष्ठले सबै नेपाली नागरिकलाई आगामी चैत्र मसान्तसम्म कोभिड खोप लगाईसक्ने योजना पनि सार्वजनिक गरे। 

कार्ययोजनामा खोप खरिद, त्यसको व्यवस्थापन र वितरण प्रणालीमा अभिलम्ब सुधार गरी निर्धारित समयभित्रै सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ। कार्य योजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अभिलम्ब सार्वजनिक गर्ने उल्लेख गरिएको छ। 

३ हजार १२५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार जनामा कोरोना संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो।

यसमा १० हजार ६१३ जनाको आरटी पीसीआर र तीन हजार १९८ जनाको एनि्टजेन परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार २७९ र एनि्टजेनबाट ८४६ जनामा संक्रमण पुषि्ट भएको हो।सोही अवधिमा नेपालमा २३  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ।

छानबिन समितिको प्रतिवेदनअनुसार काम हुन्छ : गृहमन्त्री खाँड
गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यकि्तको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन्। 

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँडले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएको जानकारी दिँदै छानबिन समितिको प्रतिवेदन आउनुअघि सरकारले कुनै राय दिन नमिल्ने बताए। छानबिन समितिको प्रतिवेदनको आधारमा सरकारले निर्णय लिने उनको भनाइ छ। 

उनले साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुखद र संवेदनशील रहेको उनले बताए। उनले सोही दिन गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाटस्थलगत छानबिनका लागि टोली खटिएको जानकारी दिए। 

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन भएको ५ जना सदस्यीय समितिले स्थलगत रुपमा सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरी घटनास्थलतर्फ पठाइसकिएको पनि गृहमन्त्री खाँडले जानकारी गराए।

गृहमन्त्री खाँडले धनुषा जिल्ला प्रहरी कार्यालयमा बन्दी पल्टुदासको साउन १५ गते मृत्यु भएको घटनाको पनि गमि्भरतापूर्वक छानबिन भइरहेको पनि जानकारी दिए। 

उता नेकपा (क्रानि्तकारी माओवादी) निकट अखिल क्रानि्तकारीले तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता धामी प्रकरणको छानबिन गरी दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ। 

जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको वास्तविकता छानबिन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न माग गर्दै लैनचौरसि्थत भारतीय राजदुताबास अगाडी प्रदर्शन गरेको हो। पटक पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुर्व्यवहार गरेकाले भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रानि्तकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए। उनले नेपाल र नेपाली जनताको रक्षाको लागि सरकारलाई ध्यानाकर्षण गराउनुका साथै गम्भीर बन्न पनि अपिल गरे।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले सीमा अतिक्रमण बन्द गर, जयसिंह धामी बेपत्ताको छानबिन गर, सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, लिपुलेक लिमि्पयाधुरा, कालापानि हाम्रै हो लगायतका नाराबाजी समेत गरेका थिए।

मनसुनी विपदबाट ६७ को मृत्यु
मनसुनजन्य विपतका कारण यस वर्ष हालसम्म ६७ जनाको मृत्यु भएको सरकारले जनाएको छ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले मनसुनजन्य विपति्तमा परेर ६७ जनाको मृत्यु हुनुका साथै ४० जना बेपत्ता भएको र ८१ जना घाइते भएका जानकारी दिए। विपतबाट सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्की लगायत ५५ जिल्ला प्रभावित भएको उनको भनाइ छ। विभिन्न ४० जिल्लामा ६ सय १९ नीजि घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति पुगेको पनि उनले जानकारी दिए। 

गृहमन्त्री खाँडका अनुसार असार १ गते मेलम्ची, इन्द्रावती , याङ्ग्री र लार्केमा आएको बाढीमा परि ५ जना मृत्यू, २० बेपत्ता र ६ जना घाइते भएका छन्। ३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, १ वटा माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति पुगेको उनले जानकारी दिए। उक्त क्षेत्रमा पुननिर्माणका विभिन्न कामहरु सुरु हुन लागेको पनि उनले बताए। 

यस्तै बाढीका कारण विस्थापितलाई तत्काल सुरकि्षत बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। 

एन्फाभित्र द्वन्द्व
अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र गलत नजीर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। 

प्रवक्ताबाट राजीनामा दिएका राईले विभिन्न पक्षबाट भइरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रकि्रया सुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव गरेका छन्। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरी र एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङको छानबिनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने विषयमा असहमत भएका प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गरेर राजीनामा गरेको घोषणा गरेका हुन्। केन्द्रीय सदस्य किरण राईले पत्रकार सम्मेलनमा नेपाली फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आह्वान पनि गरेका छन्। 

अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुने भन्दै पूर्व प्रवक्ता राईले अहिले एकले अर्कालाई दोषारोपण गर्ने काम बन्द गर्न आग्रह गरेका छन्। एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी बैशखमा निर्वाचन हुँदैछ। निर्वाचन नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको छ। 

यसैबीच राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। गत महिनामा एक अनलाइन मिडियामा अन्तर्वार्ता दिएकोप्रति उनले सोमबार फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन्। 

'गत महिना एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताप्रति म क्षमायाचना गर्न चाहन्छु,' उनले फेसबुकमा लेखेका छन्, 'म सबै नेपाली जनता विशेष रुपमा पूर्व खेलाडी, प्रशिक्षक र जसले मेरो कुरा गलत रुपमा बुझे म उनीहरूसँग माफी माग्दछु।'

अनलाइन मिडिया नेप्लेजसँग अन्तर्वार्ता दिँदै मुख्य प्रशिक्षक अल्मुताइरीले विगत ३० वर्षमा नेपाली खेलाडीले विदेश मात्र घुमेको बताएका थिए। यसपछि उनको सर्वत्र आलोचना भएको थियो। 

यसअघि फेसबुकमा उनले राजीनामाको घोषणा पनि गरेका थिए।

प्रकाशित: Aug 02, 2021| 20:49 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।