काठमाडौं - आज प्रदेश १ र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
यस क्षेत्रमा केही दिनदेखि लगातार हिमपात भइरहेको छ। आगामी तीनदिनसम्म पनि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै तराईका अधिकांश क्षेत्रमा केही दिनदेखि लगातार बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।
बिहानीपख अधिकांश तराईका जिल्लामा कुहिरो लाग्दा जनजीवन प्रभावित बनेको छ।
चिसो बढेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।