शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई यसरी गरियाे स्वागत (फोटो फिचर)

‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई यसरी गरियाे स्वागत (फोटो फिचर)

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’को जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौं आइपुगेका छन्।
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं - विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’को जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौं आइपुगेका छन्।

National life

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन्।

उनीहरू पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन्। आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो।    

उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको छ।

Shivam cement

विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्‍यालीद्वारा तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिनेछ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा हुने विशेष कार्यक्रममा आरोही टोलीलाई सम्मान गर्ने कार्यक्रम छ।

नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो।

चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। 

विश्व आरोहणको क्षेत्रमा नेपाली टोलीबाट अर्को नयाँ इतिहास रच्न सफल भएको छ। विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथापछि विश्वकै अग्लो केटू  आरोहणका लागि निकै अप्ठ्यारो हिमाल हो। जाडोयाममा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन्।

जाडोयाममा माइनस ८० डिग्रीको तापक्रम र १०० माइल प्रतिघण्टाको वायु गतिजस्ता प्रतिकूल अवस्थामा समेत आरोहण रच्ने नेपाली आरोहीको सफलताले विश्वभर चर्चा पाएको छ। विश्वभरका पर्वतारोहीले केटू हिमाललाई किलर हिमालको रूपमा समेत चर्चा गर्ने गरेका छन्।

केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यानसमेत गुमाइसकेको जनाइन्छ।

निर्मलको यो दोस्रो कीर्तिमान हो। उनले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका आठ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। 

प्रकाशित: Jan 26, 2021| 04:15 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।