आइतबार, भदौ २१, २०८३

प्रदेश २ : आठ जिल्लामा एकैसाथ खोप अभियान

प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ सुरु गर्ने निर्णय गरेको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

जनकपुर– प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ सुरु गर्ने निर्णय गरेको छ। 

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकटट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ।

खोप अभियान मुख्यमन्त्री लालबाबु राउतले वीरगन्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट आरम्भ गर्ने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए। 

प्रदेश नं– २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र  खोप माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पु¥याइने निर्देशक झाले बताए।

पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ। –रासस

प्रकाशित: Jan 25, 2021| 09:54 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।