काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन संविधानमाथिको गम्भीर धोका भएको बताएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटन सम्बन्धी मुद्दामा आइतबार बहस गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘यो असंवैधानिक कदम भएकाले तत्काल बदर गरिनुपर्छ। पार्टीले काम गर्न नदिने उनको विषय भयो तर हाउस नै भंग गर्न त मिलेन नि।’ उनले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएको बताए।