काठमाडौं - नेकपाको दाहाल-नेपाल पक्षीय सचिवालय बैठक अहिले बसिरहेको छ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा शुक्रबार भएको जनप्रदर्शनका बारेमा समीक्षा भइरहेको छ।
यस्तै सचिवालय बैठक सकिएलगत्तै उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यसहितको स्थायी कमिटी बैठक पनि बस्दै छ।
बैठकमा संसद् विघटनविरुद्ध घोषणा गरिएको आन्दोलनलगायत आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ।
नेकपाले सागठनिक संरचना टुङ्याउन बाँकी रहेको विषयमा पनि छलफल हुने बताइएको छ।