शनिबार, भदौ २०, २०८३

६ महिनामा ३३ अर्बको डिजेल आयात

नेपालमा ६ महिनामा करिब ३३ अर्ब रुपैयाँ बराबरको डिजेल आयात भएको छ।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं- नेपालमा ६ महिनामा करिब ३३ अर्ब रुपैयाँ बराबरको डिजेल आयात भएको छ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि मंसिरसम्म) मा ३२ अर्ब ९३ करोड ६८ लाख ७३ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको हो।

सो अवधिमा नेपालमा ७ लाख ५३ हजार २०१ किलोलिटर डिजेल आयात भएको भन्सार विभागको तथ्याङ्क छ। डिजेलको उक्त आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा न्यून हो।

गत आर्थिक वर्षको साउनदेखि पुससम्म ४९ अर्ब १४ करोड ८० लाख १२ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८४ हजार ७९ किलोलिटर पेट्रोल आयात भएको छ।

प्रकाशित: Jan 22, 2021| 12:20 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।