काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना सर्वोच्च अदालतको इजलासमा पेश भएको छ।
बिहीबारको बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले र वरिष्ठ अधिवक्ता डा. टीकाराम भट्टराईले राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएका थिए।
आजको इजलास सुरुवात भएलगत्तै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सूचना पेश गरेका हुन्।
बिहीबार संसद् विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद् विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना पेश गर्न भनेको थियो।