शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेशमा कांग्रेस मुख्यमन्त्री दिने समूहसँग मिल्ने !

बागमती प्रदेशमा कांग्रेस मुख्यमन्त्री दिने समूहसँग मिल्ने !

नेपाली कांग्रेसले बागमती प्रदेशमा आफूलाई मुख्यमन्त्री दिने समूहसँग सहकार्य गर्ने भएको छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

 काठमाडौं– नेपाली कांग्रेसले बागमती प्रदेशमा आफूलाई मुख्यमन्त्री दिने समूहसँग सहकार्य गर्ने भएको छ। 

आज शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बागमती प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकमा मुख्यमन्त्री दिने समूहसँग मिल्नेबारे छलफल भएको हो।

बागमती प्रदेशमा आज नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दैछ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि रणनीति बनाउन बसेको कांग्रेस बैठकमा देउवाले मुख्यमन्त्री दिने समूहसँग मिल्नुपर्ने बताएका छन्।

तर, यसबारेमा अन्तिम निर्णय भने भएको छैन। बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँलाई काठमाडौं बोलाएर छलफल गरिने र सोही छलफलमा अन्तिम निर्णय हुने बैठकमा सहभागी एक नेताले जानकारी दिए।

प्रकाशित: Jan 22, 2021| 06:27 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।