काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज शुक्रबार पनि बहस सुरु भएको छ।
वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस सुरु गरेका छन्।
गत आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन्। तिनै रिटमाथि सुनुवाइ भइरहेको हो।