शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेशसभाको बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने 

बागमती प्रदेशसभाको बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज (शुक्रबार) प्रदेश सभामा टेबल हुने भएको  छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज (शुक्रबार) प्रदेश सभामा टेबल हुने भएको  छ। 

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने भएको हो।

आजको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने र त्यसमाथिको छलफल अघि बढ्ने प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँले जानकारी दिए। 

अविश्वासको प्रस्ताव ‘फेस’ गर्न प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तयार भएसँगै बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार प्रदेशसभाको बैठक बोलाएका छन्।

अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएसँगै सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगन गरेका थिए ।

बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरूको निरन्तर दबाबपछि सभामुख श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। 

मुख्यमन्त्री पौडेलको पक्षमा कांग्रेसले समर्थन नगरे उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने देखिएको  छ। रासस

प्रकाशित: Jan 22, 2021| 05:35 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।