काठमाडौं- नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ। सरकारको सिफासिरसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा शक्ति प्रदर्शन गर्न लागिएको हो।
काठमाडौंका नौ स्थानबाट विरोध र्यलीसहित नेकपाले रत्नपार्कमा विरोधसभा गर्ने कार्यक्रम छ। त्यसअघि दाहाल–नेपाल समूहले काठमाडौंको माइतीघर, डिल्लीबजार, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, लैनचौर, कुपण्डोल, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी नौ स्थानमा जुलुस निकालेर शक्ति प्रदर्शन गर्न लागिएको हो।
केन्द्रीय संघर्ष समितिले सभा र जुलुसलाई मर्यादित बनाउँदै तोकिएको नारा मात्र लगाउनुपर्ने निर्देशन जारी गरेको छ। विरोधसभामा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सहभागिता हुने नेकपाले जनाएको छ।