शुक्रबार, फागुन १५, २०८२

दक्षिण दिल्लीस्थित एक सडक सुशान्तसिंहको नाममा राखिने

दक्षिणी दिल्लीस्थित एन्ड्रयुगञ्जदेखि इन्दिरा क्याम्पसम्मको सडकलाई दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपूतको नाम दिने प्रस्तावले स्वीकृति पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं - दक्षिणी दिल्लीस्थित एन्ड्रयुगञ्जदेखि इन्दिरा क्याम्पसम्मको सडकलाई दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपूतको नाम दिने प्रस्तावले स्वीकृति पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

National life

अब सो सडकको नाम सुशान्तसिंह राजपूत मार्ग राखिने छ। एसडीएमसीका काउन्सिलर अभिषेक दत्तले नगर निगमलाई यस्तो सुझाव दिएका थिए। 

अभिषेकले भनेका थिए, ‘बिहारका धेरै व्यक्ति रोड नं. ८ मा बस्ने गरेका छन्, त्यसैले सो सडकको नाम सुशान्तसिंह राजपूत मार्ग राख्नुपर्छ।’

यसैबीच सुशान्तको जन्मदिनको अवसरमा उनका फ्यान र चलचित्र उद्योगका व्यक्तिहरुले उनलाई सम्झिएका छन्। यदि उनी जीवित हुन्थे भने उनी ३५ वर्ष पुगेको अवसरमा जन्मदिन मनाइरहेका हुन्थे। 

बान्द्रास्थित आफ्नै घरमा उनी १४ जुन २०२० मा मृत भेटिएका थिए। सीबीआई, ईडी, एनसीबीलगायतका एजेन्सीहरुले उनको मृत्युको घटनाको अनुसन्धान गरिरहेका छन्।

Laxmi sunrise bank

प्रकाशित: Jan 22, 2021| 02:26 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्