शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा जिलेटिन बोकेको ट्रक पड्किँदा ६ मजदुरको मृत्यु, सिरमको आगलागीमा ५ को ज्यान गयो

भारतमा जिलेटिन बोकेको ट्रक पड्किँदा ६ मजदुरको मृत्यु, सिरमको आगलागीमा ५ को ज्यान गयो

विस्फोटका कारण चारैतिर अन्धकार भएको र दुर्गन्धसमेत फैलिएका कारण प्रहरीलाई घटनास्थलमा पुग्न मुस्किल भएको बताइएको छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– भारतको कर्णाटकस्थित शिवमोगा जिल्लाको एक खानी नजिक ट्रक विस्फोट हुँदा कैयौं मानिसको मृत्यु भएको आशंका गरिएको छ। उक्त ट्रकमा ठूलो परिमाणमा जिलेटिन लोड गरिएको थियो। 

विस्फोटका कारण चारैतिर अन्धकार भएको र दुर्गन्धसमेत फैलिएका कारण प्रहरीलाई घटनास्थलमा पुग्न मुस्किल भएको बताइएको छ। 

समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै ६ जना मजदुरको ज्यान गएको बताएको छ।

विस्फोट राति सवा १० बजेतिर भएको थियो र आवाज अर्को जिल्लासम्म सुनिएको थियो। कैयौं मानिस भूकम्प आएको ठानेर घरबाहिर निस्किएका थिए। कैयौं घरका सिसा फुटेका छन्।

उता, सिरम इन्स्टिच्युटको पुने प्लान्टमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ।

सिरम त्यही कम्पनी हो, जसले अहिले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोभासिल्ड नामक कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको छ। सिरम विश्वकै ठूलो खोप उत्पादक कम्पनी हो। 

प्रकाशित: Jan 22, 2021| 01:59 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।