शनिबार, भदौ २०, २०८३

मेची-महाकाली यात्रा : सडकबाट ६०० जनाको उद्धार

मानवसेवा आश्रमले सञ्चालन गरेको एक महिनाले ‘मेचीमहाकाली सडक यात्रा’का क्रममा ६०० जनाको उद्धार गरेको छ।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं- मानवसेवा आश्रमले सञ्चालन गरेको एक महिनाले ‘मेचीमहाकाली सडक यात्रा’का क्रममा ६०० जनाको उद्धार गरेको छ।

आश्रमले सडकमा रहेका असहाय, अशक्त, बेसहारा तथा मनोरोगीको उद्धार गरी पालनपोषण तथा उपचारपछि परिवारमा पुनःमिलन गराउँदै आएको छ।

पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मका सडकबाट यसरी झण्डै ६०० असहायको उद्धार गरी संरक्षण दिइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट घोषणा भई ८ गतेदेखि सुरु भएको उद्धार अभियानको ३०औं दिनमा काठमाडौं आइपुगेको मेचीमहाकाली सडक यात्री टोलीको स्वागत समारोहमा अध्यक्ष अधिकारीले नेपाललाई बेसहारा सडकमानवमुक्त बनाउने अभियानको आधार तयार भएको जानकारी दिए। 

२०६९ भदौ १३ गते हेटौंडाबाट उद्धार अभियान सुरु गरेको आश्रमले अहिले सात प्रदेशका १५ जिल्लाका २२ शाखामार्फत् मानवीय सेवा गर्दै आएको छ, जहाँ अहिले एक हजार ८०० आश्रित छन्। 

यसअघि एक हजार ५०० भन्दा बढीलाई उद्धार गरी परिवारमा पुनःमिलन गराइसकिएको जनाइएको छ। रासस 

प्रकाशित: Jan 22, 2021| 01:37 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।