शनिबार, भदौ २०, २०८३

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

सप्तरीको कञ्चनरूप नगरपालिका र दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका २ ल्युतपाखामा बिहीबार छुट्टाछुट्टै ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

सप्तरी–  सप्तरीको कञ्चनरूप नगरपालिका र दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका २ ल्युतपाखामा बिहीबार छुट्टाछुट्टै ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। 

सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको हो। 

कञ्चनरूप ११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्रयाक्टर आफैं अनियन्त्रत भई पल्टिँदा ट्रयाक्टरमा सवार कञ्चनरूप ११ का १६ वर्षीय कृष्ण साह, ट्रयाक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका २ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन्।

शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ। ट्रयाक्टर चालक विशालको खुट्टामा, सुनिलको खुट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ। 

घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ।

उता दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका २ ल्युतपाखामा बिहीबार भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

छिम्केश्वरी आँबुखैरेनी सडकखण्डअन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१त ३७७० नंको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो।

दुर्घटनामा परी आँबुखैरेनी गाउँपालिका ३ का लीलाबहादुर यादी घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।। 

ट्रयाक्टर चालक गोरखा नगरपालिका–१४ का तीर्थ थापा प्रहरी नियन्त्रणमा छन्। छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ ढुंगा लिन आउँदै गरेको ट्रयाक्टर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 22, 2021| 01:23 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।