शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संयुक्त आन्दोलनले मात्रै संसद पुनर्स्थापना हुन्छ : चित्रबहादुर केसी

संयुक्त आन्दोलनले मात्रै संसद पुनर्स्थापना हुन्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनको खाँचो रहेको बताएका छन्।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

बुटवल- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनको खाँचो रहेको बताएका छन्।

उनले संयुक्त आन्दोलन बिना विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन नसक्ने बताए।  

राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको प्रतिनिधिसभा विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्। अध्यक्ष केसीले असंवैधानिक, प्रतिगामी कदम उल्टाउन नसकिए देशमा संकट आउने बताए।

उनले सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचन हुन्छ नै भन्ने कुनै ग्यारेन्टी नभएको उल्लेख गर्दै निर्वाचन भइहाले पनि स्थीर सरकार बन्ने अवस्था नभएको दाबी गरे। 

प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान, गणतन्त्र र प्राप्त उपलब्धिहरु गुम्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे। मुलुकमा प्राप्त भएको गणतन्त्रविरुद्ध राजावादी, विदेशी हिन्दु अतिवादी तथा वामपन्थी संकिर्णवादी गरी तीन तर्फबाट आक्रमण भइरहेको उनको दाबी छ।

नेकपा मालेका सचिवालय सदस्य गोमालमणी गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदम देश र जनताको हितमा नभएकाले संयुक्त आन्दोलन जरुरी रहेको बताए। 

क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले संसद विघटन गलत भए पनि संसद पुनर्स्थापनाले जनताका अधिकार सुनिश्चित हुन नसक्ने उल्लेख गर्दै मिल्ने सकिने उजेण्डाहरुमा एकसाथ भएर अगाडि बढ्न सकिने बताए। 

नागरिक समाजका अगुवा पदम कार्कीले प्रधानमन्त्रीले असंवैधानिक मात्र नभएर प्रतिगामी भएको बताए। प्राध्यापक डाक्टर माधवराज पन्थी र प्राध्यापक लिलाबहादुर केसीले प्रतिगमनका विरुद्व अग्रगामी निकासका लागि संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए। 
 

प्रकाशित: Jan 21, 2021| 14:41 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।