शनिबार, भदौ २०, २०८३

‘गंगामायाको जीवन रक्षाका लागि संवेदनशील बन’ 

अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थितिप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– लामो समयदेखि अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थितिप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ। 

गंगामाया छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै अनशनमा छिन्।

गंगामाया पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनशनमा छिन्। उनलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। 

आयोगले गंगामायाको अनशनका सम्बन्धमा निरन्तर अनुगमन गरिरहेको जनाएको छ। यसैगरी आयोगको बागमती प्रदेश कार्यालयले गंगामायाको जीवनरक्षा, स्वास्थ्य उपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनंख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरेको छ। 

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘गंगामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गर्न, निजको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न तथा यसअघि नेपाल सरकारले गरेका सम्झौताको पालना गर्न आयोग नेपाल सरकारसँग पुनः आग्रह गर्दछ।’

आयोगले गंगामायालाई अनशन जस्तो जोखिमयुक्त बाटो नरोज्न आग्रह गरेको छ।

प्रकाशित: Jan 21, 2021| 13:33 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।