शनिबार, असोज ३, २०८३

बीबीए व्यवसाय र व्यवस्थापन केन्द्रित विषय हो : अर्पण उपाध्याय 

व्यवसाय र व्यवस्थापनमा भविष्य बनाउन चाहनेहरूले यो विषय पढ्नुपर्छ। यो सैद्धान्तिक र व्यावहारिक कोर्स हो।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

बीबीएका विशेषता के हुन्, विद्यार्थीले किन रोज्ने?

बीबीए विशुद्ध व्यवसाय र व्यवस्थापन केन्द्रित विषय हो। यसले विद्यार्थीलाई मार्केटिङ, ह्युमेन रिर्सोस, फाइनान्स, बैंकिङलगायत विविध क्षेत्रका बारेमा जानकारी गराउँछ। यसमा व्यक्तित्व विकास, व्यावहारिक ज्ञान, सञ्चार, नेटवर्किङलगायतको विकास हुन्छ। व्यवसाय र व्यवस्थापनमा भविष्य बनाउन चाहनेहरूले यो विषय पढ्नुपर्छ। यो सैद्धान्तिक र व्यावहारिक कोर्स हो। यसअन्तर्गतका केही विषय कर्पोरेट क्षेत्रसँग प्रत्यक्ष जोडिएका हुन्छन्। यो एमबीएको फाउन्डेसन कोर्स पनि हो। 

थेम्स इन्टरनेसनल कलेजमा बीबीए पढ्दा विद्यार्थीले पाउने विशेष सुविधा के हुन्?

थेम्स बीबीए कोर्सका लागि प्रख्यात कलेज हो। हामी झन्डै १० वर्षदेखि उत्कृष्ट रहँदै आएका छौं। गत वर्ष बीबीए कोर्समा थेम्स इन्टरनेसनल कलेज देशभरका उत्कृष्ट सात कलेज बन्न सफल भएको थियो। सात वर्षदेखि हामी उत्कृष्ट १० कलेजभित्र पर्दै आइरहेका छौं। थेम्सले धेरैपटक उत्कृष्ट बिजनेस कलेजको अवार्ड हात पारिसकको छ। 

त्रिभुवन विश्वविद्यालयले तोकेको पाठ्यक्रमभन्दा थेम्सले बढी व्यावहारिक भएर अध्यापन गराउँदै आएको छ। व्यावहारिक रुपमा अध्यापन गराइने हुँदा पढाइलगत्तै विद्यार्थी व्यवस्थापन क्षेत्रतर्फ कामका लागि योग्य हुन्छन्।  

नेतृत्व र व्यक्तित्व विकासका तालिम, गेस्ट लेक्चरर, पाठ्यक्रमले तोकेभन्दा बढी शिक्षा दिने थेम्सको विशेषता हो। हामी जागिरका लागि मात्रै नभएर आफ्नै काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेका छौं। 

 बीबीए पढाइपछि रोजगारीका क्षेत्र केके हुन्?

यसको पढाइपछि यही क्षेत्र भन्ने छैन। रुचिअनुसार हरेक क्षेत्रमा जाने बाटो खुल्छ। तर विशेषगरी बैंकिङ, बिमा अकाउन्टिङ, फाइनान्सियल संस्था, मार्केटिङ एजेन्सी, एनजीओ/आईएनजीओ, मानव संशाधनको क्षेत्रलगायत विविध क्षेत्रमा काम गर्नका लागि दक्ष जनशक्ति तयार हुन्छ। कतिपय त आफ्नै व्यवसाय र ‘इनोभेसन’को क्षेत्रमा लाग्छन्।  

बीबीएको पढाइले विद्यार्थीमा कस्तो सीप र ज्ञानको विकास गर्छ ?

यसले व्यवस्थापन गर्ने क्षमताको विकास गराउँछ। त्यस्तै नेतृत्व क्षमता, जोखिम मोल्ने र योजना बनाउने बानीको विकास गर्छ। बीबीएले उपयुक्त तरिकाले सञ्चार गर्ने, समूहमा काम गर्न सक्ने क्षमताको विकास गराउँछ। 

बीबीएको पाठ्यक्रममा के कुरा भइदिए अझै प्रभावकारी हुन्थ्यो?

पाठ्यक्रममा समावेश सबै विषय उत्तिकै व्यावहारिक छन्। विज्ञ समूह बसेर बनाउने भएकाले पनि त्यो बढी प्रभावकारी हुन्छ। मेरो व्यक्तिगत बुझाइको कुरा गर्दा डिजिटल मार्केटिङ, वेब टेक्नोलोजी, डाटा एनालाइसिस जस्ता विषयमा अझै बढी केन्द्रित हुन सकिन्छ कि जस्तो लाग्छ। थेम्स कलेजले ‘नन क्रिडेट आवर’ अन्तर्गत यी विषय समेटेर अध्यापन गराउँदै आएको छ। पाठ्यक्रममै समावेश गरिँदा अझै प्रभावकारी र व्यावहारिक हुन्थ्यो। 

बीबीए पढ्नका लागि कस्ता विद्यार्थी योग्य हुन्छन्? 

विश्वविद्यालयअनुसार मापदण्ड फरक–फरक तोकिएको हुन्छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त कलेजमा पढ्न कक्षा १२ मा कम्तीमा १.८ सीजीपीई र हरेक विषयमा ‘डी प्लस’ ग्रेड ल्याएको हुनुपर्छ। अर्थात् १२ कक्षा मान्यता भएका संस्थाबाट कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्छ। त्यसैगरी सीम्याटको परीक्षामा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्छ। 

प्रकाशित: Jan 21, 2021| 10:21 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।