शनिबार, भदौ २०, २०८३

उखु किसानद्वारा फेरि आन्दोलन घोषणा

सरकारले उखुको रकम भुक्तानी दिलाउने सम्झौता सकिँदासम्म पनि भुक्तानी नपाएपछि उखु किसानले फेरि आन्दोलनको घोषणा गरेका छन्। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– सरकारले उखुको रकम भुक्तानी दिलाउने सम्झौता सकिँदासम्म पनि भुक्तानी नपाएपछि उखु किसानले फेरि आन्दोलनको घोषणा गरेका छन्। 

उखु किसानहरुले आज बिहीबार विज्ञप्ति निकाल्दै सरकारले आफूहरुको भुक्तानी दिलाउन नसकेको भन्दै आन्दोलन घोषणा गरेका हुन्।  
आगामी शनिबारदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान चलाइने, फागुन ८ देखि १४ सम्म किसानको हातमा कालो पट्टी बाँध्ने, फागुन १५ देखि २१ सम्म एक छाक खाना खाने र त्यसपछि अर्को चरणको आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ। 

उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र कृषक रामविकास पण्डितले हस्ताक्षर गरेको विज्ञप्तिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीबाट पाउनुपर्ने रकमको यकिन विवरण आफूहरुलाई जानकारी नगराएको बताइएको छ।

उद्योगीले किसान र उद्योग मन्त्रालयमा पेश गरेको विवरणअनुसार उखु किसानको रकममा फरक देखिएकाले त्यसको वास्तविक विवरण समेत उद्योगीबाट माग गरेर सार्वजनिक गरिनुपर्ने किसानको माग छ।
 

प्रकाशित: Jan 21, 2021| 12:29 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।