शनिबार, भदौ २०, २०८३

तेजाबपीडितलाई आयल निगममा रोजगारी

नेपाल आयल निगमले दुई जना तेजाबपीडितलाई रोजगारी दिएको छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– नेपाल आयल निगमले दुई जना तेजाबपीडितलाई रोजगारी दिएको छ। निगमले ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई निगमको केन्द्रीय कार्यालय काठमाडौंमा रोजगारी दिएको हो। 

निगमका प्रवक्ता विनितमणि उपाध्यायले पीडित दुवै निगमको सम्पर्कमा आएको र आर्थिक अवस्था कमजोर रहेकोले निगम सञ्चालक समितिको समेत समर्थनमा एक वर्षको करार अवधिका लागि निगममा रोजगारी लगाइएको जानकारी दिए।

‘जीवनयापन र औषधोपचारमा सघाउ पुर्याई सामाजिक पुनरुत्थान र सामाजिक अन्तरघुलन गराई आत्मबल बढाई भविष्यमा आत्मनिर्भर बनाउने गरी आगामी एक वर्षसम्मका लागि कामकाजमा लगाइएको’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: Jan 21, 2021| 12:01 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।