शनिबार, भदौ २०, २०८३

सामाजिक सञ्जालबाट ठगी गर्ने पक्राउ

बारा प्रहरीले सामाजिक सञ्जाल इमो र ह्वाट्सएप मार्फत ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

पर्सा– बारा प्रहरीले सामाजिक सञ्जाल इमो र ह्वाट्सएप मार्फत ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका ४ बंजरिया बस्ने भोला महतो रहेका छन्। बारा प्रहरीका अनुसार महतोले चिठ्ठा परेको भन्दै महागढीमाई नगरपालिका वडा नं.३ बस्ने दिपेन्द्र प्रसाद जयसवालसँग १ लाख ७५ हजार रुपैयाँ ठगी गरेका थिए। 

चिठ्ठाको रकम भुक्तानीका लागि अग्रिम १ लाख ७५ हजार जम्मा गर्नुपर्छ भनी प्रलोभन देखाई उक्त रकम ठगी गरेका थिए। बारा प्रहरीले महतोलाई थप अनुसन्धानका लागि ठगी मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद समेत थप गराई अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: Jan 21, 2021| 11:57 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।