शनिबार, असोज ३, २०८३

हाम्रा विद्यार्थी नै हाम्रा ब्रान्ड एम्बेस्डर हुन् : समीर शर्मा

बीबीए ग्राजुएट्ससँग कुनै पनि उद्योगमा व्यवस्थापकको जिम्मेवारी सम्हाल्ने क्षमता हुन्छ। बीएचएम ग्राजुएट्समा कुनै पनि होटेलमा गएर त्यसको नेतृत्व गर्ने र होटेलका सबैजसो पक्षसँग डिल गर्ने क्षमता हुन्छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

विद्यार्थीले शुभश्री कलेज किन रोज्ने ?

शुभश्री एकेडेमिक इन्टरनेसनल कलेज (एसएआईसी) ले अभिभावकको इच्छाअनुसार स्नातक तहमा दुईवटा कोर्सलाई प्राथमिकतामा दिएको छ। पोखरा विश्वविद्यालयअन्तर्गत रहेर बीबीए र बीएचएमको कोर्स हामीले पढाइरहेका छौं। चारवर्षे यी कोर्समा कलेजले पाठ्यक्रम अध्यापनबाहेक विद्यार्थीको व्यावहारिक सीप विकासमा ध्यान दिने गरेको छ।

कलेजले विद्यार्थीको ज्ञानको स्तर बढाउन, उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन प्रेरित गर्छ। हाम्रो कलेजका अधिकांश ग्राजुएट्सहरू देशका विभिन्न कर्पोरेट अफिसमा कार्यरत छन्। हाम्रा विद्यार्थी उच्च शिक्षा अध्ययनका क्रममा विदेशका चर्चित विश्वविद्यालयमा पनि पुगेका छन्। 

पढाइपछि रोजगारीको सम्भावना कति छ ?

मैले माथि नै भनिसकेको छु, हाम्रो कलेजमा अध्ययन गरेका विद्यार्थी विभिन्न कर्पोरेट हाउसमा कार्यरत छन्। यो नै हाम्रो सबैभन्दा ठूलो सफलता हो। डीभी ग्रुप अफ कम्पनीको भगिनी संस्थामध्ये डीभी एजुकेसन नेटवर्कअन्तर्गत रहेर हामीले यो सफलता हात पारेका छौं।

डीभी समूहले भविष्यमा विस्तार गर्ने औद्योगिक प्रतिष्ठान, तालिम केन्द्र तथा होटेलमा यहाँ अध्ययन गर्ने विद्यार्थीले सहज रुपमा रोजगारी पाउनेछन्। अन्य कम्पनीसँग पनि हाम्रो समन्वय र सम्झौता भएको हुँदा शुभश्रीमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी प्राप्ति निकै सहज छ। हामीले बर्सेनि रोजगार मेला आयोजना गर्छौंं, त्यसले हाम्रा ग्राजुएट्स र अध्ययनरत विद्यार्थीले रोजगार पाउन झन् सहज हुन्छ।

रोजगारदाताले किन व्यवस्थापनतर्फका ग्राजुएट्स बढी खोज्छन् ?

हाम्रा ग्राजुएट्स खाली ‘स्नातक’ प्रमाणपत्रधारी मात्र हुँदैनन्, उनीहरू सीप र व्यावहारिक ज्ञानबाट पनि सुसज्जित हुन्छन्। हामी विभिन्न संस्थाले खोजेअनुसारको मानव संशाधन तयार पार्छौं। अतिरिक्त गतिविधिका माध्यमबाट विद्यार्थीको समग्र ज्ञान भण्डार विस्तार गर्छौं र त्यस्ता विद्यार्थीलाई ‘एक्सपोजर’ प्रदान गर्छौं। 

डीभी ग्रुप अफ कम्पनी पनि एक रोजगारदाता भएकाले रोजगारदाताकोे अपेक्षाबारे हामीले राम्ररी बुझेका छौं। त्यसैअनुसारको ज्ञान र सीप विद्यार्थीलाई दिन्छौं। 

बीबीए र बीएचएम पढ्ने विद्यार्थीले कस्तो सीप र ज्ञान सिक्छन्, जुन अरू विषय पढ्दा सम्भव छैन ?

बीबीए ग्राजुएट्ससँग कुनै पनि उद्योगमा व्यवस्थापकको जिम्मेवारी सम्हाल्ने क्षमता हुन्छ। बीएचएम ग्राजुएट्समा कुनै पनि होटेलमा गएर त्यसको नेतृत्व गर्ने र होटेलका सबैजसो पक्षसँग डिल गर्ने क्षमता हुन्छ।

यी दुवै प्राविधिक विषय भए पनि विद्यार्थीले उच्च शिक्षा हासिल गरी आफूलाई थप दक्ष बनाउन सक्छन्। यी विषय अध्ययन गर्ने विद्यार्थीले चाहेमा कुनै पनि विषयमा स्नातकोत्तर गर्न सक्छन्।

हाम्रा विद्यार्थीले विश्वस्तरीय शिक्षा नेपालमै पाउन के गर्नुपर्ला ?

अहिलेको पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै डिजाइन गरिएको छ। हाम्रो कलेजको बीबीए र बीएचएम विश्वका जुनसुकै देशका लागि मान्यताप्राप्त छ। त्यसैले विश्वस्तरीय शिक्षा भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन। 

यी कोर्सबारे विद्यार्थी र अभिभावकलाई कसरी जानकारी दिइरहनुभएको छ?

प्रचारप्रसारका लागि हाम्रा विद्यार्थी नै सबैभन्दा राम्रो माध्यम हुन्। उनीहरु नै हाम्रो कलेजका ब्रान्ड एम्बेस्डर हुन्। त्यसैले हामी सबैभन्दा बढी मौखिक प्रचार (माउथ पब्लिसिटी) मा विश्वास गर्छौं। त्यसबाहेक अहिले हामीले प्रिन्ट मिडिया र अझै बढी डिजिटल मिडियाबाट कलेजबारे जानकारी दिइरहेका छौं। 

हाम्रो कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि कतिपय व्यावहारिक ज्ञान दिन र अभ्यस्त बनाउनका लागि प्रयोगशाला निर्माण गर्दैछौं। त्यो निर्माण भएपछि प्रचारप्रसारका लागि केही गरिरहनुपर्ने छैन। 

प्रकाशित: Jan 21, 2021| 13:21 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।