आइतबार, भदौ २१, २०८३

केपी ओली झापा आन्दोलनका भगौडा हुन् : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगौडाको आरोप लगाएका छन्। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगौडाको आरोप लगाएका छन्। 

सुर्खेतमा बिहीबार नेकपा दाहाल–नेपाल समूहको सभालाई सम्बोधन गर्दै नेपालले ओली २०२८ सालको झापा आन्दोलन छोडेर भागेको बताएका हुन्। 

उनले भने, ‘केपी ओली ०२८ सालमा झापा आन्दोलनबाट भागेर काठमाडौं आएका थिए, मैंले उनलाई दुई महिना डेरामा राखेको हुँ।’ 

नेपालले केपी शर्मा ओली कम्युनिस्ट नेता नभएर भगौडा मात्रै भएको बताएका हुन्। 

ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र संघीयतामाथि ‘कू’ गरेको पनि नेपालले आरोप लगाएका छन्। 

उनले भने, ‘ओलीले गणतन्त्र, संघीयता र लोकतन्त्रलाई संकटमा पार्ने काम गरे।’ 

ओली कम्युनिस्टको आवरणमा तानाशाह बन्न खोजेको नेपालले बताएका छन्। 

ओलीले सत्तामा बसिरहन गुट चलाएको, मन्त्री र केन्द्रीय सदस्य पद बाँडेको, शक्ताको दुरुपयोग गरेको पनि नेपालले बताएका छन्। 
 

प्रकाशित: Jan 21, 2021| 10:14 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।