शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफूनिकट पत्रकारहरुलाई ओलीले सोधे– बाउआमालाई पनि तिमी भन्नुहुन्छ ?

आफूनिकट पत्रकारहरुलाई ओलीले सोधे– बाउआमालाई पनि तिमी भन्नुहुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले सबैलाई तिमी भनेर सम्बोधन गर्दै समाचार लेखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले सबैलाई तिमी भनेर सम्बोधन गर्दै समाचार लेखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आफूनिकट पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै उनले पत्रकारले प्रयोग गर्ने भाषाप्रति आपत्ति जनाएका हुन्। 

अंग्रेजीको प्रभावमा परेर आफ्नो भाषा बिर्सिएको तर्क गर्दै ओलीले तिनै पत्रकारले दशकअघिसम्म राजा र राजपरिवारका सदस्यलाई मौसुफ भनेर समाचार लेखेको स्मरण गराए। ‘हिजो राजतन्त्र हुँदा मर्जी भइबक्स्यो, सवारी भइबक्स्यो भन्नुपर्थ्यो। अहिले भन्नुभो, जानुभो भन्न पनि गाह्रो भो तपाईंहरुलाई,’ उनले भने। 

‘तपाईंहरु त बाबुआमालाई पनि तिमी भन्नुहुन्छ होला’ भन्दै उनले पत्रकारहरुलाई कटाक्ष गरे। अंग्रेजी ‘यु’ को प्रभाव नेपाली पत्रकारमा परेको बताउँदै ओलीले भने, ‘बीबीसीले ‘यु’ लेख्यो, हामीले ‘तिमी’ बनाइदियौं। उसलाई त हाम्रो भाषा, सभ्यतामाथि हमला गर्नु थियो। हामीले सहयोग गरिदियौं। अब हामी फर्किनुपर्छ।’

प्रधानमन्त्री ओलीले पीत पत्रकारिता अहिले मुलुकको चुनौती र समस्या भएको बताए। पत्रकारहरू स्वार्थमा चल्न थालेर पीत पत्रकारिता बढेको उनको भनाइ थियो। 

प्रकाशित: Jan 21, 2021| 09:53 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।