शनिबार, भदौ २०, २०८३

दाहाल–नेपाल सम्बन्ध सिनेमाको प्रेमजस्तो : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचको सम्बन्धलाई सिनेमामा देखिने प्रेमजस्तो टिप्पणी गरेका छन्। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचको सम्बन्धलाई सिनेमामा देखिने प्रेमजस्तो टिप्पणी गरेका छन्। 

आफूपक्षीय पत्रकारहरुको भेलामा दाहाल–नेपाललाई लक्षित गर्दै ओलीले भने, ‘कोहीकोहीले तमासा गरिरहेका छन्। हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन्। सिनेमामा हिरो र हिरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन। उहाँहरु त्यस्तै नाटक गरिरहनु भएको छ।’

ओलीले आफूले नेतृत्व गरेको नेकपा रातो झण्डा फहराउने वाला पार्टी भएको बताए। ओलीले भने, ‘हामी रातो झण्डा फहराउने वाला हौं, पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने वाला हैनौं। सडकमा रातो झण्डा बोक्नेवाला हौं, कालो झण्डा बोक्नेवाला हैनौं। राता बेलुन उडाउनेवाला हौं, काला बेलुन उडाउनेवाला हौं।’

ओलीले थपे, ‘कसैप्रति प्रतिशोधको भावना छैन, आवेग–उत्तेजना छैन। कसैप्रति आग्रह–पूर्वाग्रह छैन। हाम्रो गन्तव्य स्पष्ट छ।’

प्रकाशित: Jan 21, 2021| 09:02 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।