शनिबार, भदौ २०, २०८३

शिक्षक हत्याका मुख्य अभियुक्त पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका मोरङ इन्चार्ज धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

विराटनगर– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका मोरङ इन्चार्ज धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको बुढीगंगा गाउँपालिका–४ बाट बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो। संखुवासभाको मादी नगरपालिका–४ स्थायी ठेगाना भएका ३२ वर्षिय डिवि सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। 

विप्लव समूहका कार्यकर्ताद्वारा मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याई चन्दा रकम असुल्ने लगायतका अन्य गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले विकलाई पक्राउ गरेको डिएसपी राईले बताए। 

उनका अनुसार पक्राउ गरिएका विकको शरीर खानतलासी गर्दा सेमी अटोमेटिक पेस्तोल १ थान, म्याग्जिनमा लोड अवस्थामा केएफ ७.६५ लेखिएको ३ राउण्ड गोली, विभिन्न कम्पनीका ४ थान मोबाइल बरामद गरिएको छ ।

अनुसन्धानका क्रममा विक मोरङ मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खेको सरस्वती आधारभूत विद्यालयका शिक्षक ५४ वर्षिय राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न देखिएको डिएसपी राईले बताए। शिक्षक श्रेष्ठको गत मंसिर २३ गते घरबाट अपहरण गरी हत्या भएको थियो। 
 

प्रकाशित: Jan 21, 2021| 07:33 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।