शनिबार, भदौ २०, २०८३

१० लाख डोज कोरोना भ्याक्सिन आइपुग्यो

भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) काठमाडौं आइपुगेको छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) काठमाडौं आइपुगेको छ।

१० लाख डोज भ्याक्सिन आज बिहान काठमाडौं ल्याइएको हो।

भ्याक्सिन लिएर आएको एयर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 

खोप रिसिभ गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमा पुगेका थिए।

सुरुमा खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ र त्यहाँबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइनेछ। 

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ। १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने योजना मन्त्रालयको छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय, एस्ट्राजेनेका कम्पनी र भारतको सिरम इन्स्टिच्युटले तयार गरेको कोभिसिल्ड भ्याक्सिन नेपालले पनि प्रयोग गर्न लागेको हो। भारतले ५ दिनअघि (१६ जनवरी) बाट खोप लगाउन सुरु गरेको छ। आफ्नो देशमा लगाउन थालेलगत्तै उसले नेपाल, बंगलादेशलगायत छिमेकी देशहरुलाई पनि अनुदानमा खोप दिएको हो।  

हालैमात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएका थिए। ज्ञवालीको टोलीमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि सहभागी थिए। यही भ्रमणको फलस्वरुप खोप आएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्। मन्त्री ज्ञवाली भारतमै रहेका बेला औषधि व्यवस्था विभागले कोभिसिल्डलाई नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको थियो।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले नेपाललाई खोप दिने संकेत दिएपछि कोभिसिल्डलाई आपतकालीन प्रयोगको अनुमति दिइएको थियो। यसअघि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि सिरम इन्स्टिच्युटका उच्च अधिकारीहरुलाई भेटेर खोपको पहल गरेका थिए।
 

प्रकाशित: Jan 21, 2021| 06:46 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।