शनिबार, भदौ २०, २०८३

सभामुखले संसद् बैठक बोलाउन सक्छन् : अधिवक्ता अर्याल 

संविधानले सभामुखलाई पनि संसद् बैठक बोलाउने अधिकार दिएको अधिवक्ता ओमप्रकाश अर्यालले बताएका छन्। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– संविधानले सभामुखलाई पनि संसद् बैठक बोलाउने अधिकार दिएको अधिवक्ता ओमप्रकाश अर्यालले बताएका छन्। 

बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्दै अर्यालले राष्ट्रपतिले ६ महिनासम्म बैठक नबोलाए संविधानअनुसार सभामुखले बोलाउन सक्ने बताएका हुन्। 

राष्ट्रपतिले ६ महिनाभित्र अधिवेशन नबोलएको अवस्थामा सभामुखले आफूमा निहित अधिकार प्रयोग गर्न सक्ने ठाउँ भए पनि प्रयोग नगरेको अर्यालको भनाइ छ।

संसद् विघटन फिर्ता लिएर राष्ट्रपतिले संसद्लाई क्रियाशील बनाउन सक्ने व्यवस्था पनि छ। 

अर्यालले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखविरुद्ध परमादेश जारी गर्नुपर्ने बताएका छन्।

अधिवक्ता अर्यालले अहिले संसद् मात्रै नभएर संविधानमाथि प्रहार भएको भन्दै यो प्रधानमन्त्रीको दण्डनीय अपराध भएको बताए।

बहस गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिइएको छैन। यो कदम असंवैधानिक मात्र नभई अनाधिकृत पनि हो।’ 

अदालतले संसद् विघटनलाई बदर नगरे सुशासन र संविधानवाद नै खल्बलिने अर्यालले बताए।

अर्यालले २०४७ को संविधानको व्याख्या अहिलेको संविधानमा गर्न नमिल्ने बताएका छन्। 
 

प्रकाशित: Jan 21, 2021| 06:43 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।