शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनका विरुद्ध सुर्खेतमा दाहाल–नेपाल समूहको विरोधसभा

प्रतिनिधिसभा विघटनका विरुद्ध सुर्खेतमा दाहाल–नेपाल समूहको विरोधसभा

विरोधसभालाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायतले सम्बोधन गर्ने नेकपा सुर्खेतले जनाएको छ। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

सुर्खेत– नेपाल कम्युष्टि पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज सुर्खेतमा विरोधसभा गर्ने भएको छ। संविधानसभा विघटनको विरुद्धमा दाहाल–नेपाल समूहले वीरेन्द्रनगरमा विरोधसभा गर्न लागेको हो।

विरोधसभालाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, स्थायी समिति सदस्य द्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत, नेकपा कर्णाली प्रदेशका सह–संयोजकद्वय प्रकाश ज्वाला, कालिबहादुर मल्ल र कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा लगायतले सम्बोधन गर्ने नेकपा सुर्खेतले जनाएको छ। 

मध्यान्न १२ बजेदेखि सुरु हुने भनिएको विरोध¥याली नेताहरू सुर्खेत आउन ढिलाई भएपछि सुरु हुन सकेको छैन। काठमाडौंबाट विहान ९ बजे आइपुग्ने जहाज १२ बजेसम्म आउन नसकेपछि विरोधसभा सुरु हुन ढिलाइ भएको हो। 

विहानभरी हुस्सु लागेका कारण जहाज आउन नसकेको सुर्खेत विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले जनाए।

प्रकाशित: Jan 21, 2021| 06:27 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।