काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ। गएको आइतबारदेखि रिटको पक्षमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले बहस गरिरहेका छन्।
आजको सुनुवाइको सुरुमा अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरु गरेका छन्। एकजना अधिवक्ताका लागि बढीमा ३० मिनेटको समय छुट्याइएको छ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन्। तिनै रिटमाथि अहिले सुनुवाइ भइरहेको हो।