आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभरका वडाहरुमा कांग्रेसको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभरका वडाहरुमा कांग्रेसको विरोध प्रदर्शन

प्रतिनिधिसभा पुर्नस्थापना एजेण्डा नबनाए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज विरोधको दोस्रो चरण अन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गर्दैछ। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– प्रतिनिधिसभा पुर्नस्थापना एजेण्डा नबनाए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज विरोधको दोस्रो चरण अन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गर्दैछ। 

कांग्रेसले बिहीबार (आज) देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्न लागको हो।  प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै कांग्रेस विरोधम उत्रिएको छ।   

केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। 

कांग्रेसले दोस्रो चरणको आन्दोनअन्तर्गत माघ ३ गते ७५३ स्थानीय तहमा र गत पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पहिलो चरणअन्तर्गत कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन गरेको थियो। 

प्रतिनिधिसभा विघटनको घटना असंवैधानिक भने पनि कांग्रेसले यसविरुद्धको मुद्दा अदालतमा पुगेकाले संसद पुर्नस्थापनाको मागलाई भने एजेण्डा बनाएको छैन।  

प्रकाशित: Jan 21, 2021| 02:35 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।