शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज उच्च हिमाली भू-भागमा हिमपात, धेरैजसो स्थानमा घाम नलाग्ने 

आज उच्च हिमाली भू-भागमा हिमपात, धेरैजसो स्थानमा घाम नलाग्ने 

आज देशका धेरैजसो भू–भागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– आज देशका धेरैजसो भू–भागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशका उच्च हिमाली भू-भागका एक–दुई स्थानमा हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अहिले देशको पूर्वी र मध्य भू-भागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताइएको छ। 

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ।  तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ।

तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद् शाक्यको आग्रह छ।  

प्रकाशित: Jan 21, 2021| 02:00 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।