शनिबार, भदौ २०, २०८३

नेपालमै रासायनिक मल कारखाना स्थापना गरिने

नेपालमा रासायनिक मल कारखाना स्थापना गरिने भएको छ। सरकारले त्यसका लागि तयारीसम्बन्धी गृहकार्य सुरु गरेको जानकारी दिएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं- नेपालमा रासायनिक मल कारखाना स्थापना गरिने भएको छ। सरकारले त्यसका लागि तयारीसम्बन्धी गृहकार्य सुरु गरेको जानकारी दिएको छ।

बुधबार सो सम्बन्धमा अर्थ मन्त्रालयमा छलफ भएको अर्थमन्त्रीका प्रेससंयोजक भुवन केसीले जानकारी दिए। उनका अनुसार मन्त्रालयमा रसायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित छलफल भएको हो।

बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागतलगायत विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारेमा छलफल भएको हो।

अर्थमन्त्री पौडेलले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी प्रविधि, लगानीको विधि र लागत समेतको प्रस्ताव तयार गर्ने बताए।

गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो।

प्रकाशित: Jan 20, 2021| 14:55 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।