शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस प्रदेश-१ का केन्द्रीय सदस्यको एकै स्वर : ओलीको छायालाई नजोगाऊ 

कांग्रेस प्रदेश-१ का केन्द्रीय सदस्यको एकै स्वर : ओलीको छायालाई नजोगाऊ 

प्रदेश एकबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले शेरधन राई नेतृत्वको सरकारलाई जोगाउन नहुने बताएका छन्। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं- प्रदेश एकबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले शेरधन राई नेतृत्वको सरकारलाई जोगाउन नहुने बताएका छन्। 

प्रदेश– १ सरकारविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए।

छलफलमा सहभागी नेताहरुले अविश्वासको प्रस्तावका पक्षमा उभिनुपर्ने सुझाव दिएका छन्। शेरधन राई नेतृत्वको सरकार केपी ओलीकै छाँया भएको बताएका उनीहरुले कांग्रेस अविश्वासको प्रस्तावमा उभिनुपर्नेमा जोड दिएका थिए। 

प्रदेश– १ बाटै प्रतिनिधित्वि गर्ने उपसभापति विजयकुमार गच्छदारले पनि प्रदेश– १ सरकारलाई समर्थन गर्न नसकिने बताएका थिए। 

‘म अहिले जिल्ला पनि कम गइरहेको छु। ममाथि मुद्दा चलाइएको छ। यस्तो अवस्थामा साथीहरुले नै धारणा राख्नुस्। तर ओलीको छाँया जस्तो सरकारलाई समर्थन गर्नु राम्रो हुँदैन,’ गच्छदारको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने।  

पूर्वमहामन्त्री कृष्ण सिटौलाले पनि ओलीको कदमविरुद्ध सडकमा उत्रिएको कांग्रेस ओली खेमाको पक्षमा उभिन नहुने बताएका थिए। ‘एकातर्फ हामी ओलीको कदमविरुद्ध सडकमा छौँ। अब ओली खेमाकै सरकारको पक्षमा उभिँदा राम्रो सन्देश जाँदैन। अविश्वासको प्रस्तावका पक्षमा उभिनुपर्छ,’ सिटौलाले छलफलमा भनेका थिए।  

नेता मिनेन्द्र रिजाल र गुरुराज घिमिरले भने अविश्वासको प्रस्तावमा उभिनु पर्ने र सकेससम्म कांग्रेसकै नेतृत्वमा सरकार बनाउने रणनीति तय गर्न सुझाव दिएका थिए।

‘राई नेतृत्वको सरकारका पक्षमा उभिन हुँदैन। संविधानमाथि प्रहार गरेर ठिक गरेँ भन्दै हिंड्नेको पक्षमा उभिन सकिँदैन,’ घिमिरेले भने, ‘हामीले असंवैधानिक कदमको विरुद्धमा आन्दोलन गरिरहेका छौँ। त्यसैले अविश्वासको प्रस्तावका पक्षमा मदतान गरौँ र आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गरौं।’ 

देउवा पक्षीय नेता भिष्मराज आङदाङवेले समेत अविश्वासको प्रस्तावका पक्षमा मदतान गर्नुपर्ने राय दिएका छन्। ‘सत्ताको पक्षमा उभिने कुरै छैन, एकातर्फ संघर्ष गर्ने अर्कोतर्फ केपी ओली पक्षको सरकारलाई जोगाउन खोज्ने दोहोरो चरित्र देखाउन हुँदैन।’ 

छलफलमा कुनै निष्कर्ष भने ननिस्कएको नेता घिमिरले जानकारी दिए। एक दुई दिनमै थप छलफल गरेर आवश्यक निर्णय गरिने उनले बताए।  

चाक्सीबारीमा बागमती प्रदेशबारे चर्चा  

देउवाले बुढानिलकण्ठमा प्रदेश– १ सरकारबारे छलफल गरिरहँदा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बागमती प्रदेश सरकारबारे छलफल भइरहेको थियो। 

मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहले अश्विासको प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे सिंहले बागमती प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुसँग छलफल गरेका हुन्। 

यो छलफलमा पनि बागमती प्रदेशमा समेत कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन्। 

‘हामी निर्णायक अवस्थामा छौं। दुवै पक्षको बहुमत पुग्न हाम्रो सहयोग नभई हुँदैन त्यसैले, अविश्वासको प्रस्ताव पास गराउने र आफ्नै नेतृत्वमा सरकार बनाउने दिशामा अघि बढ्नुपर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो,’ छलफलमा सहभागी एक नेताले जानकारी दिए। 

चाक्सीबारीको छलफलमा सिंह, रामशरण महत, नवीन्द्रराज जोशी लगायतका नेताहरुको उपस्थिति थियो। 

प्रकाशित: Jan 20, 2021| 12:08 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।