शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव अधिकार आयोगको अध्यक्ष हुँ, अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

मानव अधिकार आयोगको अध्यक्ष हुँ, अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भन्दै अमेरिका पठाइदिन्छु भनेर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं- आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भन्दै अमेरिका पठाइदिन्छु भनेर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

अध्यक्षको परिचयपत्र समेत देखाई ठगी गर्ने संखुवासभा पाँचखपन गाउँपालिका– ५ खमारे स्थायी घर भई हाल मित्रपार्क, चाबहिल बस्ने ६० वर्षीय तुलसी थापालाई पक्राउ गरिएको हो।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो। ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।

आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भन्दै पन्ध्र लाख रुपैयाँ ठगी गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो।

अपराध महाशाखाले पक्राउ परेका व्यक्तिबाट अन्य कोही ठगिएको भए जानकारी दिन पनि भनेको छ।

प्रकाशित: Jan 20, 2021| 11:11 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।