शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गा किर्ते प्रकरणमा उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोतका नासु पक्राउ

जग्गा किर्ते प्रकरणमा उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोतका नासु पक्राउ

जग्गा किर्ते प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उद्योग मन्त्रालयका अधिकृत र मालपोत कार्यालय कलंकीका नासुलाई पक्राउ गरेको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– जग्गा किर्ते प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उद्योग मन्त्रालयका अधिकृत र मालपोत कार्यालय कलंकीका नासुलाई पक्राउ गरेको छ।

परिसर प्रमुख एसएसपी अशोक सिंहले मन्त्रालयका अधिकृत विनोद दाहाल र कलंकी मालपोत कार्यालयका नासु नारायण श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।

अधिकृत दाहाललाई त्रिभुवन विमानस्थल र श्रेष्ठलाई कलंकी मालपोतबाटै पक्राउ गरिएको हो।

सामाखुसीमा रहेको जग्गालाई नक्कली धनी खडा गरी श्रेष्ठ र दाहालले किर्ते गरी बेचबिखन गरेको उजुरी परेपछि प्रहरीले उनीहरु दुवैलाई पक्राउ गरेको हो।

‘नक्कली जग्गाधनी बनाएर जग्गा बेचेको खुलेको छ,’ उनले भने, ‘परिसरको हिरासतमा राखेर हामीले थप अनुसन्धान गरिरहेका छौं।’ मालपोत कार्यालयमै कार्यरत रहेका दाहाल केही दिनअघि मात्रै उद्योग मन्त्रालयमा सरुवा भएका थिए।
 

प्रकाशित: Jan 20, 2021| 11:01 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।