शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वडास्तरीय विरोध कार्यक्रममा सहभागी हुन देउवाको अपिल

वडास्तरीय विरोध कार्यक्रममा सहभागी हुन देउवाको अपिल

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका छन्।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले बिहीबार  ६,७४३ वडामा प्रदर्शन गर्दै छ।

संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो। 

देउवाले भनेका छन्, ‘अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु।’ 

उनले संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको जनाएका छन्।

देउवाले भनेका छन्, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा  विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’

प्रकाशित: Jan 20, 2021| 10:31 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।