काठमाडौं– दाहाल–नेपाल समूहको नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीको तानाशाही र निरंकुश प्रवृत्ति विरुद्ध एकजुट भएर उत्रन आह्वान गरेका छन्।
आदिवासी जनजाति भेलालाई बुधबार राजधानीमा सम्बोधन गर्दै दाहालले भने, ‘हामी गणतन्त्र र संघीयता जोगाउन विचलित नभई धैर्यपूर्वक तानाशाही प्रवृत्ति र निरंकुश प्रवृत्तिविरुद्ध भएर एकजुट हुनुपरेको छ।’
उनले आफ्नै पार्टीका नेतालाई संविधानको मूलमर्ममाथि क्रूर ढंगले प्रहार भएको भन्दै यसविरुद्ध आन्दोलनको विकल्प नभएको उनको भनाइ छ।
दाहालले कम्युनिस्ट आन्दोलनलाई बरबाद पार्ने, लुकेर रहेका तानाशाहलाई विद्रोहमार्फत ध्वस्त पारेको इतिहास रहेको स्मरण गर्दै पार्टीभित्रको तानाशाहीविरुद्ध एकजुट भएर लडेमा विजय सुनिश्चित रहेको बताए।