शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा स्वाब संकलन सुस्त, नयाँ संक्रमण पनि घट्यो

सुदूरपश्चिममा स्वाब संकलन सुस्त, नयाँ संक्रमण पनि घट्यो

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना परीक्षणका लागि स्वाब संकलन दरमा कमी आएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना परीक्षणका लागि स्वाब संकलन दरमा कमी आएको छ। कोरोना परीक्षणमा कमी आएसँगै कोरोना संक्रमण दरमा समेत कमी आएको छ।

प्रदेशमा गत मंंसिर महिनाको सुरुदेखि कोरोना संक्रमण दरमा कमी आइरहेको तथ्यांकले देखाएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दिपायलका अनुसार प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गत कात्तिक महिनासम्म दैनिक पा“च सयको हाराहारीमा स्वाब परीक्षण हु“दै आएकोमा पछिल्लो समय दैनिक दुई सयको हाराहारीमा परीक्षण भइरहेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा आठ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। प्रदेशको तीन वटा प्रयोगशालामा १३७ स्वाब परीक्षण गरिँदा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ७० स्वाब परीक्षण हु“दा चार, डडेल्धुरा अस्पतालमा १७ स्वाब परीक्षण हु“दा एक र बझाङ अस्पतालको प्रयोगशालामा ४३ स्वाव परीक्षण हु“दा तीन जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार माघ १ देखि मंगलबारसम्म प्रदेशमा क्रमशः सात, एक, एक, दुई, नौ र आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीका अनुसार कैलालीमा पछिल्लो समय दैनिक ५० को हाराहारीमा स्वाब संकलन भइरहेको छ।

सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड–१९ विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले परीक्षणको दायरा कम हुनुमा मानिसहरूमा कोरोना भाइरसको डर कम हु“दै जानु, सामाजिक वहिष्कार हुने डर  र कन्ट्याक्ट ट्रेसिङ नहुनु लगायतका कारण रहेको बताए।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले शुरुवाती चरण जसरी अहिले मानिसमा कोरोनाको त्रास घट्दै गएर जनजीवन सामान्यजस्तै बन्न लागेको बताए। उनले कोरोना भाइरसको जोखिम नहटेकाले विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डको पालना गरी सबै अघि बढ्नुपर्ने सुझाव दिए। 

प्रदेशमा हालसम्म एक लाख ३५ हजार ७६ स्वाब संकलन गरिएको छ। सोमध्ये एक लाख ३४ हजार ६६८ स्वाब परीक्षण गरिएको छ। प्रदेशमा हालसम्म १३ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १२ हजार ३३५ जना संक्रमण मुक्त भइसकेका छन्। प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कुल संक्रमितमध्ये प्रदेशमा हालसम्म एक हजार ५१४ सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित सबैभन्दा बढी कैलालीमा छन्। 

कैलालीमा ५६०, कञ्चनपुरमा १२५, अछाममा ७०, बैतडीमा ८०, बझाङमा २२३, बाजुरामा ५९, डडेल्धुरामा ११६, डोटीमा १७१ र दार्चुलामा ६३ जना छन्। अन्य जिल्लाका ४८ जना सक्रिय संक्रमित छन्।

निर्देशनालयका अनुसार एक हजार चार सय १५ संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ७० जना विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन्। तीन जना संक्रमितको आईसीयूमा उपचार भइरहेको जनाइएको छ।


 

प्रकाशित: Jan 20, 2021| 07:16 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।