शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने राजनीतिक अधिकार छैन : ज्ञवाली 

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने राजनीतिक अधिकार छैन : ज्ञवाली 

संविधानविद् एवं अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने राजनीतिक अधिकार नदिएको बताएका छन्। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं - संविधानविद् एवं अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने राजनीतिक अधिकार नदिएको बताएका छन्। 

संसद् विघटनविरुद्धका मुद्दाको सुनुवाइका क्रममा बहस गर्दै उनले संविधान र कानुनभन्दा बाहिर कोही पनि जान नमिल्ने बताएका हुन्। 

उनले आजको अवस्था राजनीतिकरूपले विघटन गर्ने नरहेको बताए। अहिलेको सरकार काम चलाउ भएको उनको भनाइ छ। 

‘स्पष्ट बहुमत भएको प्रधानमन्त्रीले ताजा जनादेशमा जाने भन्ने नै हुँदैन,’ उनले भने, ‘राजपत्रमा उहाँ (केपी शर्मा ओली) प्रधानमन्त्री हुँदा धारा ७६ को २ बमोजिम भएको प्रकाशित भएको छ। उहाँले विश्वासको मत पनि लिनुभएको हो। त्यसैले अहिले उहाँ त धारा ७६ को २ अनुसार प्रधानमन्त्री बन्नुभएको हो।’

उनले संसद विघटनका लागि संवैधानिक अधिकार मात्रै हुने बताए। 

‘धारा ७६ को ७ अनुसार उहाँले कसरी विघटन गर्नुभयो ? संसद्ले त सरकार दिन सकेन भने पो संसद् विघटन हुने संवैधानिक व्यवस्था छ तर अहिले त्यसको कुनै परीक्षण हुन पाएन,’ उनी भन्छन्, ‘संविधानको धारा ७६ को ३, ४ र ५ बमोजिम सरकार बन्ने प्रक्रिया त हुनै पाएन। थुप्रै आधार हुँदाहुँदै पनि त्यो प्रयोग हुन दिइएन। दुईवटा प्रधानमन्त्री बन्ने बाटो नै बन्द भयो नि।’

प्रकाशित: Jan 20, 2021| 06:56 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।