शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटन मुद्दा : बहस गर्ने वकिललाई समय निर्धारण

प्रतिनिधिसभा विघटन मुद्दा : बहस गर्ने वकिललाई समय निर्धारण

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस सुरु भएको छ। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं - संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस सुरु भएको छ। 

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस सुरु गरेका छन्। 

वकिलहरूले बहसका लागि लामो समय लिन थालेपछि आज समय भने निर्धारण गरिएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अब बहस गर्दा समयको पावन्दी सुरु गरिएको बताए। उनले अधिवक्ता ज्ञवालीलाई ३० मिनेटको समय निर्धारण गरेका हुन्। 

उनले हिजो नै बहस सुरु गरेका थिए। आज उनकै बहस निरन्तर सुरु भएको हो। 

बहस सुरु हुनुअघि प्रधानन्यायाधीश राणाले प्रश्न आउने जति आइसकेकाले अब मुख्य विषयमा नै बहस केन्द्रित हुनुपर्ने बताए।

न्यायाधीश अनिलकुमार सिन्हाले समय निर्धारण नगरिए बहस चल्दै गर्दा यहीँबाट सोझै भोट हाल्न जाने अवस्था नआओस् भन्दै प्रश्न गरेका थिए।

प्रकाशित: Jan 20, 2021| 06:07 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।